मंगलवार, जेष्ठ ५,२०८३ 01:39:10
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:39:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हायात प्लेस बुटवल सञ्चालनमा

Laxmi Sunrise Bank Limited
हायात प्लेस बुटवल सञ्चालनमा
Shivam Cement

काठमाण्डौ। पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा एक नयाँ युगको सुरुआत गर्दै हायात प्लेस बुटवलले आधिकारिक रूपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। यो होटल बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल हो, जसले सहरको तीव्र आर्थिक र पर्यटकीय विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

Bizshala
New Office
CG Motors

होटलले हालै आयोजना गरेको भव्य उद्घाटन कार्यक्रम ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ ले सहरको सामाजिक तथा जीवनशैली क्षेत्रमा उल्लेखनीय प्रभाव पारेको छ। उक्त कार्यक्रममा प्रतिष्ठित व्यवसायी, सामाजिक व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले हायात प्लेस बुटवलले विश्वस्तरीय कार्यक्रम तथा सेवाहरू प्रदान गर्न सक्षम रहेको पुष्टि गरेको आयोजकले जनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले उद्घाटन कार्यक्रममा प्राप्त उत्साहजनक प्रतिक्रियाले बुटवल प्रिमियम जीवनशैली र अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी अनुभवका लागि तयार भइसकेको संकेत दिएको बताए। उनले भने,‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु र बुटवल–भैरहवा क्षेत्रमा भइरहेको तीव्र औद्योगिक विस्तारले अन्तर्राष्ट्रिय स्तरको आवास र सेवाको माग उल्लेखनीय रूपमा बढाएको छ। 

हायात प्लेस बुटवलले व्यवसायिक यात्रु, पर्यटक तथा यस क्षेत्रको विस्तार हुँदै गएको व्यापारिक इकोसिस्टमको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य लिएको छ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.