डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.८२ रुपैयाँ र बिक्रीदर १४४.४२ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४३.६८ रुपैयाँ र बिक्रीदर १४४.२८ रुपैयाँ कायम थियो ।

