पूँजीगत खर्चमा कमजोर प्रगति, अर्थतन्त्रमाथि थप दबाब
–रविन ठकुरीकाठमाण्डौ । चालू आर्थिक वर्ष सकिनै लाग्दा पनि पूँजीगत खर्चको आकंडा साढे ३४ प्रतिशत हाराहारी मात्रै पुगेको छ । पूँजीगत खर्चको यो निराशाजनक आँकडाले अर्थतन्त्रको सूचकमाथि चौतर्फी दबाब सृजना गरेको हो ।पूँजीगत खर्च हुन नसक्दा रोजगारीमा असर पुर्याएको छ । विकास निर्माणको काम अघि बढ्न सकेको छैन । मालवस्स्तुको आयात बढाएको छ भने बैंक तथा वित्तीय संस्थामा तरलताको...

