भारतले नेपाली चिया परीक्षण नीति बनायो खुकुलो, अब २० प्रतिशत नमूना मात्रै परीक्षण
काठमाण्डौ । भारतले नेपालबाट आयात हुने चियाको परीक्षण प्रक्रिया खुकुलो बनाउँदै नयाँ निर्णय गरेको छ।भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (FSSAI) ले अब आयातित चियाको प्रत्येक गाडीको परीक्षण नगरी र्यान्डम रूपमा २० प्रतिशत खेपको मात्र नमूना परीक्षण गर्ने व्यवस्था लागू गरेको हो।

