जलेको अदालतमा छ बोरा सुनचाँदी भेटियो, कति गायब भयो छैन यकिन
काठमाण्डौ । बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा भएको सनसनीपूर्ण घटनाले सबैलाई चकित बनाएको छ । मंगलबार राति तोडफोड र आगलागीले ध्वस्त बनेको अदालतको स्टोरबाट छ बोरा सुन र चाँदी फेला पारिएको छ । यी बहुमूल्य धातुहरूलाई नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुरक्षित रूपमा बुझाइएको छ।