उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न मुस्ताङ र म्याग्दी प्रशासनको आग्रह
काठमाण्डौ । मुस्ताङ र म्याग्दीका जिल्ला प्रशासन कार्यालयले हालको मौसमलाई मध्यनजर गर्दै हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेका छन् । दुवै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै पदयात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

