शोधानान्तर स्थिति रु.१.५३ खर्ब बचतमा, चालु खाता १४०.१९% ले वृद्धि
काठमाण्डौ । शोधानान्तर स्थिति साढे १ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको भदौ महिनासम्ममा शोधानान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको हो । गत वर्षको सोही अवधिमा शोधानान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको थियो । यस हिसाबमा गत वर्षको तुलनामा शोधनान्तर स्थिति ५१ प्रतिशतले बढेको छ ।

