सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि शुल्क लिन नपाइने व्यवस्था पालना गर्न निर्देशन
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था पालना गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ दफा...