बुधबार, असार १०,२०८३ 11:02:00
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:02:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंकहरुमा सीईओसहित उच्च व्यवस्थापक पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइमको कस्तो छ व्यवस्था ?

Laxmi Sunrise Bank Limited
बैंकहरुमा सीईओसहित उच्च व्यवस्थापक पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइमको कस्तो छ व्यवस्था ?

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अन्य उच्च व्यवस्थापकीय पदहरू लामो समयसम्म रिक्त राख्ने अभ्यास अन्त्य गर्न नयाँ व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कर्मचारी विनियमावली संशोधन मस्यौदाअनुसार सीईओ तथा उच्च व्यवस्थापनका कुनै पनि पद रिक्त भएको अवस्थामा तीन महिनाभित्र अनिवार्य रूपमा पदपूर्ति गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तयार गरेको नमुना कर्मचारी विनियमावली संशोधन मस्यौदामा मानव स्रोत व्यवस्थापन, कर्मचारी सेवा–सुविधा, आचारसंहिता तथा सुशासनसम्बन्धी विभिन्न प्रावधानहरू समेटेको छ। मस्यौदामा बैंक तथा वित्तीय संस्थाको संगठनात्मक संरचना सञ्चालक समितिले निर्धारण गर्ने तथा संरचनागत परिवर्तन आवश्यक परे संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा निर्णय गरिने उल्लेख गरिएको छ।

त्यस्तै, कर्मचारी दरबन्दी निर्धारण गर्दा संस्थाको रणनीतिक योजना, व्यवसायिक योजना, मानव स्रोत योजना तथा उत्तराधिकारी योजनालाई आधार बनाउनुपर्ने प्रस्ताव गरिएको छ। पदपूर्तिका लागि विज्ञापन, सर्टलिस्टिङ तथा लिखित परीक्षा सञ्चालन जस्ता कार्य आवश्यकताअनुसार बाह्य संस्थामार्फत गराउन सकिने व्यवस्था पनि मस्यौदामा समावेश गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

बढुवा प्रक्रियामा कार्यसम्पादन मूल्याङ्कनलाई अन्य आधारभन्दा बढी भार प्रदान गर्नुपर्ने प्रस्ताव गरिएको छ। साथै, सबै रिक्त पदको विज्ञापन सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमा अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ।

कर्मचारी सुविधातर्फ, प्रत्येक कर्मचारीले आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने मुख्य चाडपर्वका अवसरमा एक महिनाको तलब–भत्ताबराबरको चाडपर्व खर्च पाउने व्यवस्था प्रस्ताव गरिएको छ। महिला कर्मचारीलाई १४ हप्तासम्म पूर्ण तलबसहित मातृत्व बिदा उपलब्ध गराइने तथा आवश्यक परे चिकित्सकको सिफारिसमा थप बेतलबी बिदा दिन सकिने व्यवस्था गरिएको छ।

मस्यौदामा कर्मचारीलाई वर्षमा कम्तीमा सात दिन पूर्ण सुविधा सहितको अनिवार्य बिदा दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। उक्त बिदा सञ्चित गर्न नपाइने र लगातार रूपमा उपभोग गर्नुपर्ने उल्लेख छ।

सुशासन र नैतिक आचरणलाई सुदृढ बनाउन ग्राहकलाई प्रलोभनमा पारेर कर्जा लिन लगाई व्यक्तिगत लाभ लिन नपाइने, ऋण असुली वा लिलामी प्रक्रियामा कर्मचारी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुन नपाइने तथा ठगी, भ्रष्टाचार, अनियमितता वा पदको दुरुपयोगबारे जानकारी दिन ह्विसलब्लोइङ प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रणका लागि आचारसंहिता लागू गर्नुपर्ने तथा लैङ्गिक समानता सुनिश्चित गर्न अनुगमन उपसमितिमा कम्तीमा दुई महिला र दुई पुरुष सदस्य समावेश गर्नुपर्ने प्रावधान राखिएको छ।

श्रम सम्बन्ध सुधारका लागि व्यवस्थापन र कर्मचारी प्रतिनिधित्व रहने श्रम सम्बन्ध समिति गठन गर्नुपर्ने तथा कर्मचारीलाई सातामा २४ घण्टाभन्दा बढी ओभरटाइम काममा लगाउन नपाइने व्यवस्था पनि मस्यौदामा समेटिएको छ।

राष्ट्र बैंकले उक्त मस्यौदामाथि बैंक तथा वित्तीय संस्थाहरूबाट सुझाव माग गर्दै १५ दिनको समयावधि दिएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.