सोमबार, जेष्ठ ४,२०८३ 12:29:16
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:29:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

Laxmi Sunrise Bank Limited
पेट्रोलियम पदार्थको  अनावश्यक भण्डारण नगर्न निगमको आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई लक्षित गर्दै इन्धन अभावको हल्ला नचलाउन र अनावश्यक भण्डारण नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। निगमले पेट्रोलियम पदार्थको आयात र वितरण दुवै नियमित रहेको स्पष्ट पार्दै बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन जिम्मेवार व्यवहार आवश्यक रहेको जनाएको हो।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सोमबार जारी सूचनामार्फत पाइपलाइन प्रणालीमार्फत इन्धन आपूर्ति निरन्तर भइरहेको र निर्वाचन अवधिभर पर्याप्त परिमाणमा आयात जारी रहने जानकारी दिएका छन्। उनका अनुसार आपूर्ति शृंखला व्यवस्थित रहेकाले उपभोक्ताले आत्तिनुपर्ने अवस्था छैन।

Bizshala
New Office
CG Motors

निगमले विशेषगरी जेरी क्यान र ड्रममा इन्धन भण्डारण गर्दा आगलागी तथा विस्फोट जस्ता जोखिम बढ्ने उल्लेख गर्दै त्यस्तो कार्य नगर्न चेतावनी दिएको छ। सुरक्षा निकायसँगको समन्वयमा सम्भावित आगजनीजन्य दुर्घटना न्यूनीकरणका लागि सतर्कता बढाइएको पनि जनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

निगमले आवश्यक परिमाणमा मात्र इन्धन खरिद गर्न अनुरोध गर्दै जिम्मेवार उपभोगबाट बजार सन्तुलन कायम गर्न सबै उपभोक्ताको सहयोग अपरिहार्य रहेको स्पष्ट पारेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.