काठमाण्डौ । सिजी मोटर्स-हिरोले भक्तपुरको सल्लाघारी मैदानमा सर्वोत्कृष्टर बहुप्रतिक्षित हिरो एक्सपल्स २१० (Hero Xpulse 210) मा केन्द्रित एक विशेष प्रयोगात्मक कार्यक्रम "द फर्स्ट२१० एक्सपिरियन्स" सफलतापूर्वक आयोजना गरेको छ।
जेठ ३० गते बिहान ९:०० बजेदेखि सुरु भएको यस कार्यक्रममा रोमाञ्चक अफ-रोड अनुभवकालागि एड्भेन्चर प्रेमी, राइडरहरू, सञ्चारकर्मी तथा कन्टेन्टक्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सिजी मोटर्स प्रालि नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता हो, जसले प्रविधिमैत्री रभरपर्दो मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ।
देशभर फैलिएको हिरोको बलियो सञ्जालर ग्राहक-केन्द्रित दृष्टिकोणका साथ हिरोले नवीन उत्पादनहरू रअसाधारण स्वामित्व अनुभव प्रदान गर्दै देशभरका राइडरहरूलाई सशक्त बनाउन निरन्तर लागि परेको छ।
यस कार्यक्रममार्फत नेपालका मोटरसाइकल प्रेमीहरूले सल्लाघारीस्थित 'एक्सट्र्याक्स' (Xtracks) को विशेष रूपमा डिजाइन गरिएको ट्र्याक (dirt track) मा पहिलोपटक हिरो एक्सपल्स२१० को अनुभव लिने अवसर पाएका थिए। सहभागीहरूले चुनौतीपूर्ण अफ-रोड परिस्थितिहरूमा यस मोटरसाइकलको परिमार्जित कार्यक्षमता (enhanced performance), उत्कृष्ट सस्पेन्सन र एड्भेन्चर-अनुकूल क्षमताहरूको स्थलगत परीक्षण (test ride) गरेका थिए।
यस अवसरमा बोल्दै सिजी मोटर्स-हिरोले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय राइडिङ अनुभव र एड्भेन्चर-केन्द्रित उत्पादनहरू उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको व्यक्त गरेको छ। परम्परागत सडकहरूभन्दा बाहिर निस्केर बहुमुखी प्रतिभा, उच्च कार्यक्षमता र अन्वेषण चाहने राइडरहरूको बदलिँदो आवश्यकतालाई पुरा गर्न हिरो एक्सपल्स २१०को विकास गरिएको कम्पनीले बताएको छ।

