सोमबार, असार २,२०८२ 07:46:53
  • सोमबार, असार २,२०८२ 07:46:53
Global IME Bank Limited

एकै महिनामा भित्रिए ३ हजार युनिट ईभी गाडी, १३.०६ अर्ब राजश्व संकलन

Hyundai Nepal
एकै महिनामा भित्रिए ३ हजार युनिट ईभी गाडी, १३.०६ अर्ब राजश्व संकलन
Nabil Bank Limited

काठमाण्डौ । जेठ महिनामा देशमा करिब ३ हजार युनिट विद्युतीय सवारी(ईभी) आयात भएको छ । यो संख्या गत वैशाख महिनाको तुलनामा ११३.६७ प्रतिशतले बढी हो । वैशाख महिनामा १ हजार ४०४ युनिट ईभी सवारी साधन आयात भएको थियो ।  

सरकारले गत जेठ १५ गते आर्थिक विधेयक मार्फत विद्युतीय सवारी साधनमा १० प्रतिशत कर बढाउने निर्णय गरेको थियो । तर कर बढाउने निर्णयका बाबजुत पनि जेठमा ईभी गाडीको आयातमा उल्लेख्य वृद्धि भएको छ ।  

तथ्यांकअनुसार गत साउनमा ११०,भदौमा ७८८, असोजमा १ हजार २३७,कात्तिकमा ६५२,मंसिरमा ८९९,पुसमा १ हजार ४२१,माघमा १ हजार ५२, फागुनमा २७६ र चैतमा ६५८ युनिट ईभी नेपाल भित्रिएका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चालु आवको ११ महिनासम्म भने कुल ११ हजार ४ सय ६६ युनिट ईभी (कार, जिप, भ्यान) आयात भएका छन् । वैशाखसम्ममा यो संख्या ८ हजार ४९७ थियो । भन्सार विभागको तथ्यांकअनुसार जेठ महिनासम्म कुल ८० अर्ब रुपैयाँबराबरको गाडी आयात भएको छ । यसमध्ये २९ अर्ब रुपैयाँबराबरको ईभी आयात भएको तथ्यांकले देखाएको छ । ईभी गाडीको आयातबाट सरकारले १३ अर्ब ६ करोड रुपैयाँबराबरको राजश्व संकलन गरेको छ ।  

सरकारले आर्थिक विधेयक मार्फत इन्ट्री लेभलका ५० किलोवाटसम्मका सवारीमा १० प्रतिशत, ५० देखि १ सय किलोवाटसम्मका ईभीमा १५ प्रतिशत भन्सार महसुलको व्यवस्था गरेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.