सोमबार, जेष्ठ ४,२०८३ 01:01:25
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:01:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

के कारणले कारको इन्स्योरेन्स प्रिमियम बढी तिर्नुपर्छ ? यी हुन सक्छन् ५ कारण

Laxmi Sunrise Bank Limited
के कारणले कारको इन्स्योरेन्स प्रिमियम बढी तिर्नुपर्छ ? यी हुन सक्छन् ५ कारण
Shivam Cement

काठमाण्डौ । स्मार्टफोन जस्तै कारहरुका पनि कयौं सेगमेन्ट र भेरियन्टहरु हुने गर्छन्। कारहरुको ह्याचब्याक, सेडान, एसयुभि, स्पोर्टस कार, लग्जरी कार, सामान्य कार, पेट्रोल कार, डीजल कार आदि सेगमेन्ट र भेरियन्टहरु हुन्छन्। अहिले त विद्युतीय कारहरु पनि सडकमा दौडिन थालेका छन्। 

यी कारहरुका लागि जति धेरै पेट्रोल, डिजेल आवश्यक पर्दछ, त्यति नै धेरै आवश्यक पर्ने गर्दछ कारको बीमा। कार इन्स्योरेन्स गराउँदा कार मालिकलाई धेरै फाइदा हुने गर्दछ। जस्तो कि सडक दुर्घटना वा कुनै कारणवश कारमा कुनै क्षति पुग्दा आफ्नो खल्तीबाट पैसा नझिकी कार मर्मत गर्न सकिन्छ। यति मात्रै नभई आफ्नो कारका कारण अन्य कसैलाई क्षति पुग्छ भने बीमा कम्पनीले त्यस्तो क्षतिको भरपाई गरेर सुरक्षा प्रदान गर्ने गर्दछ।  

Bizshala
New Office
CG Motors

त्यसैले कार चलाउनेका लागि कार इन्स्योरेन्स एकदमै आवश्यक हुने गर्दछ। तर के तपाइँहरुलाई थाहा छ ?ःविभिन्न तत्वहरुले कार इन्स्योरेन्सको प्रिमियमलाई थपघट गर्न सक्छन् भनेर । यहि तत्वहरुका कारण तपाइँले खरिद गर्न गईरहनु भएको कारमा बीमा कम्पनीले अधिक प्रिमियम लिन सक्दछ। कार इन्स्योरेन्स प्रिमियरलाई प्रभावित पार्ने कारक तत्वहरु के–के हुन् त ?

कारको मूल्य  

कारको मूल्यले तपाइँले प्रत्येक वर्ष कति प्रिमियम तिर्नुपर्छ भनेर निर्धारण गर्ने गर्दछ। यदि तपाइँको कार महंगो र लक्जरी श्रेणीमा पर्दछ भने सामान्य साना कारहरुको तुलनामा त्यसमा अधिक प्रिमियम तिर्नुपर्ने हुन सक्दछ। यस्ता कारमा क्षति पुग्दा वा बिग्रदा बडी पाट्स बदल्दा बढी खर्च हुने हुँदा अधिक प्रिमियम तिर्नुपर्ने हुन्छ।  

कारको मोडल र भेरियन्ट

यदि कारको मोडल नयाँ छ र यसको उत्पादन पनि हालै मात्रै गरिएको छ भने, यसले कारको प्रिमियम शुल्क घटाउने गर्दछ। यदि तपाइँले डिजेल कार खरिद गर्नुहुन्छ भने तपाइँले पेट्रोल कारको तुलनामा धेरै प्रिमियम तिर्नुपर्ने हुन्छ। किनकी डिजेल कारबाट चल्ने कारहरुको मर्मतका लागि खर्च अधिक हुने गर्दछ।  

कारको इन्जिन

इन्जिनको आकारलाई आम रुपमा सवारी साधनमा कति सिलीन्डर छ भनेर दर्शाइने गरिन्छ। तपाइँको कार कति सिलीन्डरको छ अर्थात भीफोर इन्जिन वा भिसिक्स इन्जिन, यसले तपाइँले तिर्नुपर्ने इन्स्योरेन्स प्रिमियमका बारेमा बताउने गर्दछ। धेरै सिलीन्डरवाला कारले पावर अधिक भएको दर्शाउने गर्दछ र यस्तो कार महंगो पनि हुने गर्दछ। त्यसैले यस्ता कारहरुको बीमा गर्दा अन्य कारको तुलनामा अधिक प्रिमियम तिर्नुपर्दछ।  

सेफ्टी फिचर्स  

कार खरिद गर्दा त्यसमा रहेको सेफ्टी फिचर्समाथि विशेष ध्यान दिनुपर्दछ। एअरब्याग्स्, लक, एडभान्स ब्रेकिङ सिस्टम(एबीएस तथा इबीडी), रियर पार्किङ सेन्सर, एन्टी लक डिभाइस, जीपीएस ट्रयाकिङ डिभाइस आदि यी सबैले तपाइँ र तपाइँको कारको सुरक्षालाई सुनिश्चित गर्ने गर्दछन्। यति मात्रै नभई यदि तपाइँको कारमा धेरै भन्दा धेरै सेफ्टी फिचर्सहरु छन् भने तपाइँको कारको इन्स्योरेन्स प्रिमियम कम हुने गर्दछ। किनकी अधिक सेफ्टी फिचर्स हुँदा कारलाई हुन सक्ने क्षति वा चोरीको खतरा कम हुने गर्दछ।  

निजी वा व्यवसायिक प्रयोगका लागि

तपाइँले निजी वा व्यवसायिक प्रयोग के का लागि कार खरिद गर्दै हुनुहुन्छ, त्यसले समेत कारको प्रिमियम निर्धारण गर्ने गर्दछ। यदि तपाइँले व्यवसायिक प्रयोगका लगि कार खरिद गर्दै हुनुहुन्छ भने, यसलाई बीमा कम्पनीले लगानीका रुपमा हेर्ने गर्दछ र तपाइँको कारका लागि बढी प्रिमियम निर्धारण गर्ने गर्दछ। यसका साथै कम्पनीले तपाइँ बसोवास गर्ने स्थानलाई समेत हेर्ने गर्दछ। यदि तपाइँ ग्रामिण क्षेत्रमा नभई शहरी क्षेत्रमा बसोवास गर्नुहुन्छ भने तपाइँले तिर्ने प्रिमियम बढी हुन सक्छ। किनकी शहरी क्षेत्रमा क्षति, दुर्घटना र चोरी हुने खतरा अधिक हुने गर्दछ।  

त्यसैले आफ्नो कारका लागि कस्तो बीमा योजना सहि हुन्छ भनेर सोचविचार गर्नुपर्दछ। दुर्घटना, चोरी, प्राकृतिक वा मानव निर्मित विपत्तीले पुर्याएको नोक्सानको भरपाईका लागि एउटा राम्रो कार इन्स्योरेन्स योजना लिन एकदमै आवश्यक हुने गर्दछ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.