मनाङमा भूमि कार्यालयका नायब सुब्बा ४० हजार घुससहित पक्राउ
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।अख्तियारका अनुसार जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कण्डेललाई पक्राउ गरिएको हो।

