सशस्त्र प्रहरी विद्यालय हिनामिना प्रकरणः इन्सपेक्टर गुरुङ र लामालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाण्डौ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई थप अनुसन्धानका लागि १० दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले दुवै जनालाई १० दिन हिरासतमा राखेर...

