झापामा ५७० ग्राम सुन र २० हजार अमेरिकी डलरसहित एक भारतीय पक्राउ
काठमाण्डौं । झापाको पूर्वी सीमा नाका काँकरभिट्टाबाट ठूलो परिमाणमा अवैध सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।भारतबाट नेपाल प्रवेश गर्ने क्रममा सुरक्षा जाँचमा खटिएको संयुक्त टोलीले शंकास्पद गतिविधि देखेपछि विस्तृत जाँच गर्दा उनीबाट करिब डेढ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सुन तथा अमेरिकी डलर बरामद भएको हो ।

