बिजुली उपभोगमा ५% भ्याट: उपभोक्तामाथि भार कि राजस्व रणनीति ?
काठमाण्डौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गरिएको नयाँ कर व्यवस्थाले ऊर्जा क्षेत्रदेखि उपभोक्ता बजारसम्म व्यापक बहस जन्माएको छ । सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकमा पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने निर्णय गरेसँगै यसले राजस्व नीति र ऊर्जा रूपान्तरण रणनीतिबीचको सन्तुलनमाथि प्रश्न उठाएको छ ।

