७२.६ प्रतिशत ज्येष्ठ नागरिक कृषिमा सक्रिय
काठमाण्डौ । नेपालका ७२.६ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको सरकारी प्रतिवेदनले देखाएको छ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी मन्त्रालयले सार्वजनिक गरेको ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ प्रतिवेदनअनुसार देशभर ज्येष्ठ नागरिकको संख्या ३३ लाख ५५ हजार ८०८ पुगेको छ।कुल ज्येष्ठ नागरिकमध्ये ६८.८ प्रतिशत स्वव्यवसाय वा कामदारका रूपमा संलग्न छन्।...

