बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा असार मसान्तसम्म राति यातायात रोक
काठमाण्डौ । मनसुन सक्रिय भएसँगै पहिरो र सडक दुर्घटनाको जोखिम बढेको भन्दै लमजुङ प्रशासनले आजदेखि जिल्लाका दुई प्रमुख सडकखण्डमा रात्रिकालीन सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाएको छ।जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले असार मसान्तसम्म लागू हुने गरी अत्यावश्यक सेवाबाहेकका सवारीसाधन रातिको समयमा सञ्चालन नगर्ने निर्णय गरेको हो।

