भेनेजुएलामा शक्तिशाली भूकम्पको कहर : मृत्यु संख्या ३२ पुग्यो, सयौं घाइते
काठमाण्डौ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ आएका दुई शक्तिशाली भूकम्पपछि जनधनको ठूलो क्षति भएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जका अनुसार हालसम्म कम्तीमा ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

