काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लुको जोखिम बढ्यो, नियन्त्रणका लागि उच्च सतर्कता
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बर्डफ्लु संक्रमणको जोखिम बढ्दै गएपछि पशुसेवा विभागले रोग नियन्त्रण तथा निगरानी अभियानलाई तीव्र बनाएको छ। संक्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन, नियमित नमूना परीक्षण, संक्रमित फार्मको व्यवस्थापन तथा किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको विभागले जनाएको छ।

