तेस्रो मुलुकबाट आयातित मालसामान बोकेको कार्गो रेल विराटनगर आइपुग्यो
काठमाण्डौ । तेस्रो मुलुकबाट आयात गरिएको मालसामान बोकेको कार्गो रेल विराटनगर–१८, बुधनगरस्थित एकीकृत जाँच चौकी नजिक रहेको नेपाल कस्टम यार्डसम्म आइपुगेको छ। सुनसरी–मोरङ औद्योगिक करिडोरअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकामा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको रेपसिड दाना बोकेको कार्गो रेल आइतबार नेपाल आइपुगेको हो।केएल दुगड ग्रुपले अस्ट्रेलियाबाट आयात...

