चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ देखि सञ्चालनमा आउने
काठमाण्डौ । नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार डटकम यही साउन १३ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। उत्पादकदेखि उपभोक्तासम्मको आपूर्ति शृंखलालाई छोटो बनाउँदै गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित प्लेटफर्म सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ।चाइनाबजारका अनुसार नेपालमा आयातित वस्तुहरू परम्परागत...

