रामशरण महतको मुद्दा मुल्तबी राख्न विशेष अदालतको अस्वीकार, उपस्थित भएपछि स्वास्थ्य अवस्था हेर्ने
काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका पूर्वअर्थमन्त्री डा. रामशरण महतको मुद्दा तत्काल मुल्तबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ।डा. महतकी पत्नी रोशना महतले आफ्ना पति गम्भीर मानसिक रोगबाट पीडित भई शारीरिक तथा मानसिक रूपमा अशक्त रहेको भन्दै मुद्दा स्थगित गर्न माग गरेकी थिइन्। तर, विशेष अदालतले...

