दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा मिथेन ग्यास भण्डारण फेला परेकोमा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका हुनु । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोधका आवाज थरिथरिका थिए। ११२ अर्ब...