डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, सहमतिमार्फत अनशन टुंग्याउने प्रयास
काठमाण्डौ । सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग वार्ता गरी अनशनको सहमतिपूर्ण निकास निकाल्न सरकारले उच्चस्तरीय पहल अघि बढाएको छ। वार्ता टोलीलाई थप सशक्त बनाउँदै प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार धनगढी पुगेका छन्।दुवै जना बुद्ध एयरको विमानमार्फत धनगढी पुगेका हुन्। यसअघि शिक्षा, विज्ञान...

