इजी रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, विश्वभरबाट सजिलै रकम पठाउन सकिने
काठमाण्डौ । इजी रेमिट र नियो मनी ट्रान्सफरले छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदानको लागि भुक्तानी सम्झौता गरेका छन् । यो सम्झौतासँगै इजी रेमिटको माध्यमबाट नियो मनि ट्रान्सफर मार्फत नेपालका कुनैपनि बैंक खाता, वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स् पठाउन सकिन्छ । यसका साथै नियो मनि ट्रान्सफरका स्थानीय एजेन्टहरुबाट समेत रकम प्राप्त गर्न सकिनेछ ।