एमाले सचिवालय बैठक गुण्डुमा शुरु, संगठन पुनर्संरचना मुख्य एजेन्डा
काठमाण्डौं । संगठनात्मक पुनर्संरचना, कार्यविभाजन र आगामी राजनीतिक कार्यदिशाबारे विस्तृत छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारदेखि पार्टी अध्यक्ष केपी ओलीको निवास गुण्डुमा शुरु भएको छ । ११ औँ महाधिवेशन सम्पन्न भए पनि केन्द्रीय पदाधिकारी तथा नेताहरूको जिम्मेवारी अझै पूर्ण रूपमा टुंगिन नसकेपछि यस पटकको बैठकलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण मानिएको छ...

