असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गरिने
काठमाण्डौ । आगामी असोज १ गतेदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य राख्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिव सहभागी विषयगत समिति बैठकले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्ने निर्णय गरेको हो ।