भारतले रुसी तेल खरिदबारे पश्चिमी देशहरूको दोहोरो मापदण्डमाथि प्रश्न उठायो
काठमाण्डौ । भारतका विदेशमन्त्री एस जय शंकरले रूसबाट तेल खरिद गर्ने विषयमा पश्चिमी मुलुकहरूको दोहोरो दृष्टिकोणप्रति प्रश्न उठाएका छन्। फिनल्याण्ड भ्रमणका क्रममा आयोजित एक कार्यक्रममा बोल्दै उनले सन् २०२२ मा युक्रेन युद्ध शुरु भएपछि विश्वव्यापी तेल बजारलाई स्थिर राख्न र मूल्यमा अत्यधिक वृद्धि हुन नदिन अमेरिकाले स्वयं भारतलाई रुसी तेल खरिद गर्न आग्रह गरेको बताएका छन्।

