सरकारको ७% लक्ष्यलाई एडिबीको झट्का, नेपालको आर्थिक वृद्धिदर ३.९% मात्रै हुने प्रक्षेपण
काठमाण्डौ । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ।एडिबीका अनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत रहेको थियो भने सन् २०२७ मा ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।सरकारले आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत वृद्धिको लक्ष्य राखे पनि...

