फाइनलअघि अर्जेन्टिना फिफाको छानबिनमा, खेलाडीमाथि कारबाहीको जोखिम
काठमाण्डौ । विश्वकप फुटबलको सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गरेपछि राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शन गरेको आरोपमा अर्जेन्टिनी टोली फिफाको अनुशासनिक छानबिनमा परेको छ।बुधबार अमेरिकाको एटलान्टामा भएको खेलपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ अर्थात् ‘फकल्याण्ड टापु अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए।...

