फाप्लु–काठमाण्डौ सातामा चार दिन उडान हुने
काठमाण्डौ । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाण्डौ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाण्डौ हवाई सेवा पुनःसञ्चालन भएको हो । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो ।