असिनासहितको वर्षापछि हुम्लाको नेप्कामा बाढी–पहिरो, भेडाबाख्रा र खेतीयोग्य जग्गामा क्षति, डाँफे आधारभूत विद्यालय बग्यो
काठमाण्डौं । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको भीषण बाढीपहिरोले ठूलो मात्रामा भौतिक संरचना, खेतीयोग्य जमिन र पशुधनमा क्षति पुर्याएको छ । असिनासहितको भारी वर्षापछि एक्कासी आएको बाढी र पहिरोले गाउँ नै प्रभावित बनेको स्थानीयवासीहरूले बताएका छन् ।

