आईएमएफको पूर्वानुमानः आगामी वर्ष नेपालले ५.२ प्रतिशत जीडीपी वृद्धि हासिल गर्ने, आर्थिक सुधारमा निरन्तर प्रगति
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले नेपालका लागि गरिएको विस्तारित ऋण सुविधा (Extended Credit Facility-ECF) अन्तर्गतको छैटौँ समीक्षामा नेपालको आर्थिक पुनरुत्थानलाई सकारात्मक रूपमा मूल्यांकन गर्दै अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने अनुमान गरेको छ।आईएमएफले उक्त समीक्षासँगै नेपालका लागि ३१.४ मिलियन एसडीआर (करिब ४३ मिलियन अमेरिकी डलर) थप सहयोग स्वीकृत गरेको छ। यससँगै सन् २०२२ मा सुरु...