कोसीमा बहाव तीव्र, ब्यारेजका २८ ढोका खोलिए
काठमाण्डौ । निरन्तर वर्षाका कारण कोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। आइतबार दिउँसो ४ बजेसम्म नदीमा पानीको बहाव २ लाख ९ हजार ८४० क्युसेक पुगेको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी हेमराज घिमिरेका अनुसार बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएका छन्।आइतबार बिहान ८ बजे नदीमा १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएको थियो।...

