जगदुल्ला जलविद्युत् आयोजना: कर्णालीको विकासमा नयाँ आधार बन्दै
काठमाण्डौ । डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक–सामाजिक रूपान्तरणमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ। जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार यो आयोजना केवल ऊर्जा उत्पादनको परियोजना मात्र नभई समग्र क्षेत्रीय विकासको आधारशिला पनि हो।

