मौसम फेरियो: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना
काठमाण्डौ । देशभरको मौसममा पश्चिमी वायु प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव कायम रहँदा आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानअनुसार आकाश सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाएको छ।

