कोशीमा लगानी विस्तार गर्न चार परियोजनाका लागि २ अर्बभन्दा बढी रकम स्वीकृत
काठमाण्डौ । कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशको आर्थिक तथा पूर्वाधार विकासलाई गति दिने उद्देश्यसहित चार वटा परियोजनामा २ अर्ब ८ करोड ५३ लाख रुपैयाँभन्दा बढी लगानी स्वीकृत गरेको छ। सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलअन्तर्गत सञ्चालन हुने यी परियोजनाहरूलाई प्राधिकरणको ३३औँ बैठकले अनुमोदन गरेको हो।

