कुवेत एयरवेजको नेपाल उडान सेवा पुनः सञ्चालन हुने
काठमाण्डौ । कुवेत एयरवेजले नेपालका लागि आफ्नो नियमित उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । इरान र अमेरिकाबीचको तनावका कारण केही महिनादेखि स्थगित रहेको सेवा आगामी मंगलबारदेखि पुनः सुरु हुन लागेको हो ।एयरलाइन्सका अनुसार अबदेखि प्रत्येक मंगलबार र बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतका लागि नियमित उडान सञ्चालन गरिनेछ । कम्पनीले यसपटक ठूलो क्षमताको ए३३०–८००...

