लामिनार टाइल्स र नबिल बैंकबीच ‘च्यानल फाइनान्सिङ’ सुरु गर्न सम्झौता
काठमाण्डौ । लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता भएको छ।काठमाण्डौमा आयोजित कार्यक्रममा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच सम्झौता–पत्र हस्ताक्षर गरी आदान–प्रदान गरिएको छ ।

