ललितपुर महानगरको ७.४८ अर्ब बजेट पारित, ५६ प्रतिशत विकासमा केन्द्रित
काठमाण्डौ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न महानगरको नवौँ नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी वर्षका नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन्।

