कोशी र बागमतीका मुख्य राजमार्ग प्रभावित, केही पूर्ण बन्द केही आंशिक सञ्चालनमा
काठमाण्डौ । बाढी, पहिरो र सडक मर्मत कार्यका कारण कोशी र बागमती प्रदेशका प्रमुख राजमार्गहरूमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ।सोमबार बिहान ८ बजेसम्मको पछिल्लो विवरणअनुसार विभिन्न स्थानका सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने केही मार्गमा सीमित मात्रामा सवारी सञ्चालन भइरहेको छ।

