मिटर ब्याजपीडितको आन्दोलन चर्कियो, धनुषामा अनिश्चितकालीन धर्ना
काठमाण्डौं । मधेश प्रदेशमा लामो समयदेखि सामाजिक तथा आर्थिक संकटको रूपमा देखिएको मिटरब्याज समस्याविरुद्ध धनुषाका पीडितहरू पुनः सडकमा उत्रिएका छन्। विभिन्न माग राख्दै मिटरब्याजपीडितहरूले आइतबारदेखि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन्।

