मेची भन्सारद्वारा १७ अर्ब ६७ करोडभन्दा बढी राजस्व संकलन
काठमाण्डौ। पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कार्यालयको राजस्व संकलनमा करिब ११ प्रतिशत वृद्धि भएको हो।मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व संकलन भएको थियो। त्यसको तुलनामा...

