एयरप्लेन वा डीएनडी मोड ? मोबाइलको ब्याट्री बचाउन कुन उपाय हुन्छ सबैभन्दा उत्तम ?
काठमाण्डौ । समयसँगै स्मार्टफोनहरू हाम्रो लागि जति आवश्यक भएका छन्, त्यति नै हामीलाई फोनको ब्याट्री सकिने डरले सताइरहेको हुन्छ। फोनको ब्याट्री सकिनबाट बचाउनका लागि मानिसहरूले प्रायः दुई फिचरहरूको प्रयोग गर्छन्। पहिलो एयरप्लेन मोड र दोस्रो डू नट डिस्टर्ब (डीएनडी) मोड। सामान्यतया एयरप्लेन मोड हवाई यात्राका बेला प्रयोग गरिन्छ भने डीएनडी मोड मानिसहरूले सुत्ने वा मिटिङका बेला...

