मुस्ताङमा लेक लागेर १३ जनाको मृत्यु
काठमाण्डौ । हिमाली जिल्ला मुस्ताङमा धार्मिक तथा पर्यटकीय गतिविधि बढ्दै जाँदा उच्च उचाइका कारण हुने स्वास्थ्य समस्या पनि चुनौतीका रूपमा देखिएको छ। चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म लेक लागेर १३ जना पर्यटकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमध्ये ४ जना नेपाली र ९ जना विदेशी पर्यटक रहेका छन्। अधिकांश पर्यटक मुक्तिनाथ दर्शनका लागि आएका थिए।...

