नेपालको विद्युत् निर्यात बढ्यो, दैनिक ६५० मेगावाटसम्म विद्युत् निर्यात गर्दै
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा उत्पादन बढेसँगै अतिरिक्त विद्युत् भारत र बंगलादेशमा निर्यात गर्न थालेको छ। प्राधिकरणका अनुसार हाल दैनिक करिब ६५० मेगावाटसम्म विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको छ भने केही दिनमा यो मात्रा घटबढ हुने गर्छ।

