नीति तथा कार्यक्रममाथि बहस शुरु, प्रधानमन्त्री नआएपछि विपक्षी आक्रोशित
काठमाण्डौँ । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल औपचारिक रूपमा शुरु भएको छ। तर, छलफलको प्रारम्भसँगै प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसदभित्र राजनीतिक बहस तीव्र बनेको छ।

