नागढुंगा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि दिउँसो साढे ४ घण्टा बन्द गरिने
काठमाण्डौ । नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । यो खडकखण्ड यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको हो । यसअघि भने यो खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।